बुधबार, वैशाख १७, २०८२

एमाले केन्द्रीय कमिटी बैठक: भोलि ओलीले उठेका प्रश्नको जवाफ दिने

मेरोन्यूज २०८१ पुष २२ गते १७:१७

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजका लागि सकिएको छ ।

आइतबार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन् ।

खाजा ब्रेक पछि स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको जनाइएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुटाएको छ ।

केही केन्द्रिय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसके पछि सम्भवतः भोली नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।
 

प्रतिक्रिया