मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने

पुत्रजया मलेसिया। मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएका छन् ।
सार्वभौम सम्पत्ति कोष वानएमडीबीको लुटपाटसँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा छ वर्षको जेल सजाय काटिरहेका ७१ वर्षीय नाजिबले सन् २०१८ को चुनावमा भ्रष्टाचार आरोपका कारण निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।
उनले आर्थिक घोटालासँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरूको सामना गरिरहेका छन् ।
पूर्वराजाले उनलाई आफ्नो बाँकी सजाय स्वदेशमा नै बिताउन अनुमति दिने आदेशको आधारमा पुनरावेदन अदालतमा बहसको भएको थियो ।
तीन सदस्यीय बेन्चले २–१ ले नजिबको अपिललाई उच्च अदालतमा आफ्नो मुद्दाको बहसका लागि शाही घोषणाको प्रयोग गर्न अनुमति दिने फैसला सुनाएको हो ।
“घोषणाको अस्तित्वको कुनै चुनौती छैन भन्ने तथ्यलाई ध्यानमा राख्दै, आदेशको पालना गरिएको छैन भन्ने कुनै आधार भेटिएन,” फैसलामा सम्लग्न तीन न्यायाधीशमध्ये एक मोहम्मद फिरुज जाफ्रिलले भने ।
उच्च अदालतले जुलाईमा फैसला सुनाएको थियो । कागजातको अस्तित्वको बारेमा नजिबको दावीलाई समर्थन गर्ने शपथपत्रहरू प्रमाणको रूपमा अस्वीकार्य थिए । वादीले दावी गरेका ती प्रमाणहरू लिखितरूपमा थिएनन् ।
सोमबारको फैसलाको अर्थ यो मुद्दा फेरि उच्च अदालतमा जानेछ, जहाँ नजिबलाई नजरबन्दमा राख्ने प्रयासलाई समर्थन गर्न प्रमाणको रूपमा शाही घोषणा पेश गर्न सकिन्छ ।
सन् २०२० को जुलाईमा नाजिबलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि क्षमादान बोर्डले उक्त सजाय आधा घटाएको थियो ।
उनले ५० करोड अमेरिकी डलरभन्दा बढी घूस र सम्पत्ति शुद्धीकरणका विभिन्न अभियोगमा संलग्नता रहेको भनिएको भ्रष्टाचारको आरोपविरुद्ध पनि आफ्नो बचाउ गरिरहेका छन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया