आइतबार, जेठ ४, २०८२

एमाले बैठक: १४ प्रस्ताव पारित, एमालेमाथिको आक्रमणको प्रतिवाद गर्न ओलीको निर्देशन

मेरोन्यूज २०८१ पुष २३ गते २०:१०

काठमाडौं । । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भएपनि पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

नेकपा एमालेले १४ समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गरेको हो।

सत्तारूढ दलबीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया