परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँ २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो ।
सेवा थप भएसँगै चारपाङ्ग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो । कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ ।
यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताउनुभयो । पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया