मैले एमाले छोडेको छैन : लेखराज भट्ट
मेरोन्यूज
२०८१ पुष २४ गते १०:३२

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् र उनी एमालेमै रहेको बताएका छन्
पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा स्टाटस लेख्दै एमाले सचिव लेखराज भट्टसहितका ४६ जनाले पार्टी परित्याग गरेको स्टाटस लेखेका थिए ।
सामाजिक संजालमा आफ्ना विषयमा भ्रमपूर्ण सन्देश लेखिएको भट्टको भनाइ छ । ‘यथार्थ कुरो के हो भन्ने कुरा सम्बन्धित व्यक्तिलाई बुझेर लेख्ने गरे हुन्थ्यो, सामाजिक संजालमा भ्रम फैलाइयो,’ उनले भने, ‘म केन्द्रीय समितिमा सहभागी भएका भिडियो फुटेज आइरहेको देख्नुभएको होला ।’
सम्बन्धित









निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
प्रतिक्रिया