६५ माथिकालाई दोस्रो डोज असारमा

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई असार पहिलो सातासम्म दोस्रो डोज दिने भएको छ । गत फागुन २३ देखि ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा ६५ वर्षमाथिकालाई दिइएको थियो । यो उमेर समुहका करिब १७ लाख ९२ हजार छन् ।
स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले सिरमसँग आपूर्ति हुन बाँकी रहेको १० लाख मात्रा खोपबाटै यो उमेर समूहका व्यक्तिलाई दोस्रो मात्रा दिने तयारी रहेको बताए । सिरमसँग सम्झौता भई नेपालले १० लाख मात्राको पनि रकम भुक्तानी गरिसकेकाले जेठ अन्तिम सातासम्म खोप आइपुग्ने मन्त्रालयको दाबी छ ।
यसअघि ६५ वर्षमाथिका ९ लाख ४४ हजार ४ सय ३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका थिए । पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा दिनुपर्छ । यो संख्या जनसंख्याको ३.१२ प्रतिशत हो ।














दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शंकर पोखरेल
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया