शितलहरका कारण रौतहटका विद्यालयहरू बन्द

रौतहट। मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ ।
एकाबिहानै देखी लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि बिधालय बन्द गर्न थालिएको हो ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवार देखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरि सकेको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ ,फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउपालिकाले भने मंगलवार नै एक सुचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको सूचनामा उल्लेख गरिएको छ।
लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले उक्त पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सम्बन्धित पालिकाहरुले जनाएका छन् । जिल्लाको १८ स्थानिय तह मध्ये अधिकांशले बिद्यालय बन्दको सूचना जारी गरिसकेको छ।
पछिल्लो एक सातादेखि मधेश प्रदेशमा बिहानै देखी चल्ने शितलहरको कारण अत्यधिक चिसो बढेर मानिसको जनजीवन प्रभावित भइरहेको छ ।













Trump says US to get 30 million to 50 million barrels of oil from Venezuela at market price
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित
खैरो हिरोइनसहित बैतडीबाट पाँच जना पक्राउ
FNCCI President Dhakal Holds Talks with UAE Economy Under-Secretary
सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
प्रतिक्रिया