उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा कुर्दिश लडाकुहरू विरुद्ध आक्रमण बढाउनबाट रोक्न नेटो सहयोगी राष्ट्र टर्कीएको चिन्तालाई सम्बोधन गर्न काम गरिरहेको बताएको छ ।
सिरियाली युद्ध अनुगमन संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेज र टर्कीए समर्थित नेसनल आमीबीच पछिल्लो केही घण्टायता मनबिजको ग्रामीण इलाकामा भीषण लडाई भएको जनाएको छ । उक्त क्षेत्रमा टर्कीएएले हवाई आक्रमणसमेत सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ।
“दोहोरो झडपमा परी ३७ जनाको मृत्यु भएको छ,” बेलायतस्थित अब्जरभेटरीले जनाएको छ । टर्कीएए समर्थित लडाकुमध्ये छ जना एसडीएफ लडाकु र पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।
मनबिजको ग्रामीण इलाकामा गत महिनादेखि जारी झडपमा परी कम्तीमा ३२२ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।
बुधबार अमेरिका समर्थित एसडीएफका प्रमुख मजलुम अब्दीले आफ्नो समूहले ‘सिरियाली भूमिको एकता र अखण्डता’लाई समर्थन गरेको बताउनुभएको थियो । एएफपीलाई दिएको लिखित रिपोर्टमा उनले सिरियाका नयाँ अधिकारीहरूलाई ‘सिरियामा युद्धविरामका लागि हस्तक्षेप गर्न’ आग्रह गरेका छन्।
गत महिनाको अन्त्यतिर कुर्दिश नेता र दमास्कसका अधिकारीहरूबीच भएको ‘सकारात्मक’ बैठकपछि अब्दीको यो टिप्पणी आएको हो ।
इस्लामवादी नेतृत्वको विद्रोहीहरूले नोभेम्बर २७ मा सिरियाली राष्ट्रपति बशर अल असदलाई अपदस्थ गर्ने आक्रमण सुरु गरेपछि उत्तरी सिरियामा टर्कीएए समर्थित समूहहरूले एसडीएफसँग आफ्नो लडाइँ फेरि सुरु गरेका थिए ।
मनबिज क्षेत्रमा युद्धविराम स्थापना गर्ने अमेरिकी नेतृत्वको प्रयासका बावजुद अङ्कारा समर्थक समूहले उत्तरी अलेप्पो प्रान्तको कुर्दिश नियन्त्रित मनबिज र ताल रिफातकब्जा गर्न सफल भएका छन् ।
















दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया