धादिङमा ट्रक र हाइस ठोक्कियो, १६ जना घाइते
मेरोन्यूज
२०८१ पुष २५ गते १६:२२

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४, बेल्खुमा ट्रक र हाइस एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक बिहीबार दिउँसो एकआपसमा ठोक्किएको थियो ।
घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया