खैरो हेरोइनसहित पाँच जना पक्राउ

धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार चोकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय शंकर राना ४ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका–१४ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा कपडा पसल सञ्चालन गरी बस्ने ३० वर्षीय अवतार हुसेन पक्राउ परेका छन्। हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागूऔषध खैरो हेरोइन, मोटरसाईकल र उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यसैगरी धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने ३५ वर्षीय राज कुमार रानाको साथबाट ९० मिलिग्राम र धनगढी उपमहानगरपालिका–८ बस्ने ४२ वर्षीय भक्त रानाको साथबाट २ ग्राम २३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष राना पक्राउ परेका छन्। रानालाई १२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बिहीवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।









जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बर्दिया घटनाको छानबिन गर्न समिति गठन
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया