कांग्रेस नेता डा. कोइराला लण्डनमा

लण्डन। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला लण्डन आइपुगेका छन् ।
बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला लण्डन आएका हुन् ।
बिहीबार राती १०:०० बजे लण्डन हिथ्रो विमानस्थलमा उत्रिएका नेता कोइरालालाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुले स्वागत गरेका थिए । कोइरालालाई स्वागत गर्न नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति युवराज सिंह, उपसभापति प्रवेश केसी ,पूर्व महामन्त्री तथा कोइराला भ्रमणको संयोजन गरिरहेका नेता आर के त्रिपाठी, जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेता विश्वआदर्श पण्डित, शेर सुनार, विजन भट्ट, व्यवसायी रविन्द्रजंग लामिछाने, डेभिड गुरुङ, तर्कजंग गुरुङ, तस्विर लामा लगायत दर्जनौं उपस्थित थिए ।
कोइरालाले आउदो १३ जनवरी सांझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम छ उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ । नेता कोइरालाले एक साता बेलायतमा रहंदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न शहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासंग पनि अन्तरक्रिया गर्नेछन् ।
उनी शुक्रबार दिउसो लण्डन स्थित नेपाली दूतावासले आयोजना गर्ने ‘रिसेप्सन’ मा सहभागी हुने तय छ । नेता कोइरालालाई शुक्रबार साँझ नै साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा नागरिक अभिनन्दन गरिने भएको छ । उनी जनवरी ११ मा क्याम्ब्रीज र जनवरी १२ आइतबार साउथ इष्ट लण्डनमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने आयोजकले जनाएका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा आइतबार प्लमस्टिडस्थित गोर्खा क्याप्रीकनमा हुन लागेको ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा डा. कोइराला प्रमुख अतिथी रहने समितिका कार्यकारी सभापति युवराज सिंहले जनाए । कोइराला बेलायत भ्रमण पूरा गरी जनवरी १६ तारिख नेपाल फर्किनेछन् ।

















ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
Two die in Rautahat road accident
एम्बुलेन्सको भाडा बढेपछि जुम्लाका स्थानीयले गरे विरोध
18 days to HoR elections: Voter education programme up to March 1 beginning today
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया