प्रधानमन्त्रीलाई खानेपानीमन्त्रीको ब्रिफिङ : सन् २०३० सम्म देशभरका जनतालाई शुद्ध खानेपानी पुर्याउछु

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा अवगत गराएका थिए ।
छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)मार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो।
मन्त्रालयले जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको असरलाई सम्बोधन गर्दै वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयको ध्यान केन्द्रित भएकाले आवश्यक बजेट सुनिश्चितताका लागि माग गरेको छ।
प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहजरुपमा खानेपानी पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिए ।
मन्त्री यादवले ग्रामीण तथा सहरी क्षेत्रका खानेपानी योजनालाई तीव्रता दिँदै सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यमा केन्द्रित भई कार्यहरू भइरहेको बताए ।
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया