सोमबार, फागुन ११, २०८२

२५ दिनमा ८२२ जना फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०८१ पुष २६ गते २०:२६

काठमाडौँ। फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौँ प्रहरीले २५ दिनमा ८ सय २२ जना फरार प्रतिवादी पक्राउ गरेको छ। यो सङ्ख्या बिहीबारसम्मको हो।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ।

साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध रु चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ। अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए।

प्रतिक्रिया