ऐतिहासिक निशान पदमार्गमा पदयात्रा

इलाम। यहाँको निशान पदमार्गमा यही पुस २४ गतेदेखि सुरु भएको पदयात्रा सम्पन्न भएको छ । मेची बजारदेखि सुरु भएको तीन दिने निशान पदमार्गको पदयात्रा आज एक कार्यक्रमबीच समापन गरिएको हो ।
नेपाली सेनाको रणशार्दुल गण, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको पदयात्रा आज माइबेनी हुँदै इलामको माइस्थान आइपुगेको थियो ।
पदयात्रामा सहभागीहरुलाई विभिन्न झाँकीसहित इलाम नगरका ८ र ७ वडावासीले स्वागत गरेका थिए । सो अवसरमा पदमार्ग पहिचान र प्रचारमा योगदान पु¥याएका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
निशान पदमार्गको लम्बाई हाल नेपाल भारतको सीमा छब्बिसेदेखि इलाम सदरमुकामको माइस्थानसम्म ४१ दशमलव एक किलोमिटर रहेको छ । यो मार्ग मेचीबजार हुँदै फिक्कल, रम्फोक, करफोक, हात्तिटार, माइबेनी हुँदै इलाम बजारको माइस्थानसम्म पुग्छ ।
सुगौली सन्धि पश्चात मेची खोलामा नेपाल भारतको सिमाना कायम भएपछि हाल भारतको नागरीबाट नेपाली सेनाको श्रीनाथ पल्टनले प्रशासनिक केन्द्रसहित निशान ल्याएर माइस्थानमा स्थापना गरेको थियो । उक्त निशान राखिएको स्थानलाई निशान घर र खलङ्गा भन्ने गरिन्छ ।
सोही समयमा नेपाली सेनाले निशान ल्याएर फर्किएको पदमार्गलाई ऐतिहासिक पदमार्गको रुपमा विकास गर्न पदयात्रा गरिएको हो ।
















घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
लागूऔषधसहित दुई जना पक्राउ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया