समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
मेरोन्यूज
२०८१ पुष २७ गते १३:२३

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।
पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राखे।
नेता खनालले एकीकरणका योद्धाहरूले आधुनिक नेपाल निर्माणमा पुर्याएको योगदानका स्मरण समेत गरे। देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुख शान्तिको कामना गर्दै उनले स–साना राज्यहरूलाई एकीकरण गर्ने हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरूप नेपाल आज एक स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको विचार व्यक्त गरे ।
सम्बन्धित









छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया