समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
मेरोन्यूज
२०८१ पुष २७ गते १३:२३

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।
पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राखे।
नेता खनालले एकीकरणका योद्धाहरूले आधुनिक नेपाल निर्माणमा पुर्याएको योगदानका स्मरण समेत गरे। देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुख शान्तिको कामना गर्दै उनले स–साना राज्यहरूलाई एकीकरण गर्ने हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरूप नेपाल आज एक स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको विचार व्यक्त गरे ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया