महोत्तरीमा धान उत्पादन बढ्यो

जलेश्वर । महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको हो । जुन गतवर्षको तुलनामा ३० दशमलव दुई प्रतिशतले बढी हो । गतवर्ष ३९ हजार आठ सय ७० हेक्टरमा धानखेती गरिँदा एक लाख २२ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
महोत्तरीमा यसवर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बिऊ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताउनुभयो । उहाँले मसिनो र सुगन्धित धान ९बासमति, कारी कुमोद, तुलसी फूल० लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताउनुभयो । उहाँका अनुसार यसवर्ष जिल्लामा केवल तीन हजार दुई सय ५० हेक्टरमा मसिनो धानखेती गरिएकोमा १० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको हो ।
केन्द्रका अनुसार जिल्लामा यसवर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७६ मेट्रिक टन छ भने मसिनो धानको उत्पादकत्व मात्र दुई दशमल पाँच मेट्रिक टन छ ।
















निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
Helicopter mishap in Khotang: Six rescued and brought to Kathmandu
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया