अर्थसहित पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् ।
जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुइ वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार पहिलो अजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो अजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक बर्ष २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमामा छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकका सबन्धमा सुचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित बुदाँमा छलफल हुनेछ ।
अपरान्ह १२ः३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा विश्वबिधालय सबन्धी बिधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ । जसका लागि स्वास्थ्य मन्त्री प्रदिप पौडेललगायतलाइ आमन्त्रित गरिएको समितिले जनाएको छ ।

















स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया