‘धूम ४’मा रणवीर कपुर पक्का, किन आउट भए अभिषेक बच्चन ?

मुम्बई। बलिउड स्टार रणवीर कपुर आगामी केही वर्षका लागि पुरै व्यस्त रहेका छन ।
यस बर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाइ देखिने पक्का जस्तै छ ।
अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ र नितेश तिवारीको ‘रामायण’ को लागि शूटिंगमा ब्यस्त रहेका छन । दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने तालिका तय भइसकेको छ।
यसैबिच, यशराज फिल्म्सको बहुप्रतिक्षित ‘धूम ४’ मा रणवीर कपुर अनुबन्धित भएका छन । जुन फिल्म एक दशक भन्दा बढी अघि देखी आधिकारिक रूपमा घोषणा गरिएको थियो तर केही कारणहरूले गर्दा सुटिङ सुरू हुन सकेको थिएन । तर, अहिले यशराज फिल्मसले ‘धूम ४’का लागि प्रकिया सुरू गरेको छ, जो अर्को बर्ष देखी सुटिङ सुरू हुनेछ ।
इन्डिया टुडेका अनुसार ‘धूम ४’ अब अप्रिल २०२६ देखी छायांकनमा जानेछ । सो कम्पनिले सो फिल्मका लागि २ जना नायिक र एक भिलेन खोजिरहेको छ । समाचार अनुसार सो फिल्मको भिलेनको भूमिकामा साउथ फिल्मका कलाकारलाइ लिइने भएको छ । जसका कारण, अभिषेक बच्चनलगायतका कलाकार नदोहोरिने सम्भावना बढेको छ ।
रणवीरले ‘धूम ४’सुरु गर्नुअघि ‘लभ एण्ड वार’ र ‘रामायण’ का दुवै भागको सुटिङ पुरा गर्नेछन् किनभने ‘धूम ४’ मा उनको अन्य चलचित्रहरू भन्दा फरक लुक हुनु आवश्यक रहेको जनाइएको छ । चाखलाग्दो कुरा के छ भने ‘धूम ४’ फ्रेन्चाइजका अघिल्लो फिल्महरूमा हिरोको भुमिका नकारात्मक थियो तर पछिल्लो रिपोर्ट अनुसार रणवीरको ‘धूम ४’ को चरित्र बिल्कुलै फरक हुने बताइएको छ ।
समाचार अनुसार ‘धूम ४’पछि अभिनेता कपुरले एनिमल पार्क सुरु गर्नेछन्, जुन निर्देशक सन्दीप रेड्डी वांगासँग मेगा ब्लकबस्टर एनिमलको सिक्वेलको रूपमा निर्माण हुदैँछ ।
















नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया