‘धूम ४’मा रणवीर कपुर पक्का, किन आउट भए अभिषेक बच्चन ?

मुम्बई। बलिउड स्टार रणवीर कपुर आगामी केही वर्षका लागि पुरै व्यस्त रहेका छन ।
यस बर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाइ देखिने पक्का जस्तै छ ।
अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ र नितेश तिवारीको ‘रामायण’ को लागि शूटिंगमा ब्यस्त रहेका छन । दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने तालिका तय भइसकेको छ।
यसैबिच, यशराज फिल्म्सको बहुप्रतिक्षित ‘धूम ४’ मा रणवीर कपुर अनुबन्धित भएका छन । जुन फिल्म एक दशक भन्दा बढी अघि देखी आधिकारिक रूपमा घोषणा गरिएको थियो तर केही कारणहरूले गर्दा सुटिङ सुरू हुन सकेको थिएन । तर, अहिले यशराज फिल्मसले ‘धूम ४’का लागि प्रकिया सुरू गरेको छ, जो अर्को बर्ष देखी सुटिङ सुरू हुनेछ ।
इन्डिया टुडेका अनुसार ‘धूम ४’ अब अप्रिल २०२६ देखी छायांकनमा जानेछ । सो कम्पनिले सो फिल्मका लागि २ जना नायिक र एक भिलेन खोजिरहेको छ । समाचार अनुसार सो फिल्मको भिलेनको भूमिकामा साउथ फिल्मका कलाकारलाइ लिइने भएको छ । जसका कारण, अभिषेक बच्चनलगायतका कलाकार नदोहोरिने सम्भावना बढेको छ ।
रणवीरले ‘धूम ४’सुरु गर्नुअघि ‘लभ एण्ड वार’ र ‘रामायण’ का दुवै भागको सुटिङ पुरा गर्नेछन् किनभने ‘धूम ४’ मा उनको अन्य चलचित्रहरू भन्दा फरक लुक हुनु आवश्यक रहेको जनाइएको छ । चाखलाग्दो कुरा के छ भने ‘धूम ४’ फ्रेन्चाइजका अघिल्लो फिल्महरूमा हिरोको भुमिका नकारात्मक थियो तर पछिल्लो रिपोर्ट अनुसार रणवीरको ‘धूम ४’ को चरित्र बिल्कुलै फरक हुने बताइएको छ ।
समाचार अनुसार ‘धूम ४’पछि अभिनेता कपुरले एनिमल पार्क सुरु गर्नेछन्, जुन निर्देशक सन्दीप रेड्डी वांगासँग मेगा ब्लकबस्टर एनिमलको सिक्वेलको रूपमा निर्माण हुदैँछ ।










गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
Chitwan Rhinos beats Karnali Yaks by four wickets, Bopara hits half-century
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया