प्रचण्डको दाबी – यो सरकार ढली नै हाल्छ, हामीले बलै गर्नुपर्दैन
मेरोन्यूज
२०८१ माघ १ गते १३:४६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे ।
‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन, मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन,’ प्रचण्डले भने ।
नेपाली कांग्रेस भित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि भएकाले यो सरकार सहज ढंगले जाने अवस्था नरहेको प्रचण्डको भनाइ छ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया