कांग्रेसका मन्त्रीहरुको बिफ्रिङ – अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा-परिचर्चा नगरौं

काठमाडौं। केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ ।
नेपाली कांग्रेसबाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले उक्त बिफ्रिङ गरेका हुन् ।
‘बैठकमा अध्यादेशका बिषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएकौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नु भयो,’ बैठक पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
अध्यादेशका बारेमा कांग्रेस भित्र मत मतान्तर देखा परे पछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए ।
जहाँ सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाइ निर्देशन दिएका छन् ।









पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया