जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई, फाइनलमा चुक्यो आर्मी
मेरोन्यूज
२०८१ माघ ३ गते १३:४१

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विरगञ्जमा जारी खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २८ रनले पाखा लगाउँदै पुलिसले उपाधि जितेको हो ।
पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो । इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाए ।
पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागर ढकालले ६ तथा ललित राजवंशीले ४ विकेट लिए । सागरले १४.२ ओभरमा ३५ रन खर्चे । ललितले १५ ओभरमा ३९ रन दिए ।
सम्बन्धित











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया