तरकारीखेतीमा वडाध्यक्ष ‘चौधरी’

तुलसीपुर (दाङ) । यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।
उनी सो वडाका वडाध्यक्ष पनि हुन् । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन् ।
“तरकारीखेती हाम्रो पुरानो पेसा हो”, उनले भने, “म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन ।” करिब तीन कठ्ठा जमिनमा उनले गोलभेडाखेती गरेको छ । अन्यमा केराउ, प्याज, लसुनखेती गरेको छ । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनी तीन बाली खेती लगाउने गर्छन् । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ ।
वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा छन् । साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्छन् । असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उनी बताउँछन् ।
“जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस् ।”
उनले उत्पादन गरेको तरकारीले उचित बजार भने पाउन सकेको छैन । भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ । चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए । हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ ।
गोलभेडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएको छ । उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए ।

















खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया