डोटी भूकम्प : घर पुनर्निर्माण अछामबाट

अछाम। डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरू हुने भएको छ। अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मंगलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम शुरू भएको जानकारी दिए।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मंगलसेन नगरपालिका–५ का अध्यक्ष झंकरप्रसाद भाट र लाभग्राहीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो। कामीको घर पुनर्निर्माणका लागि ४ लाख रुपैयाँ खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तान हुने जनाइएको छ।
प्रजिअ लम्सालका अनुसार भूकम्पबाट पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख, आंशिक क्षतिको हकमा १ लाख र सामान्य क्षति भएकालाई ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ।
२०७९ कात्तिक २२ गते डोटी केन्द्रबिन्दु भएको भूकम्पका कारण जिल्लाका १० स्थानीय तहका पाँच हजार ५४० घर प्रभावित भएका थिए।
मंगलसेन नगरपालिकामा ४५६, कमलबजार नगरपालिकामा २८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा ७६०, ढकारी गाउँपालिकामा ८९, साँफेबगर नगरपालिकामा दुई हजार ४२८, रामारोशन गाउँपालिकामा २००, मेल्लेख गाउँपालिकामा ६०३, तुर्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा ६२६ घरमा क्षति पुगेको थियो













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया