मध्यपुरथिमिको आम्दानी १४ करोड

भादगाउँ (भक्तपुर) । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको हो ।
यो पालिकाको कूल वार्षिक राजस्व सङ्कलन लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । यहाँ चालु आवमा रु ३६ करोड २८ लाख सात हजार आन्तरिक स्रोतबाट राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले गत आर्थिक वर्षको तुलनामा यस वर्ष नक्सा पास कम भएकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जानकारी दिए । गत वर्ष यस नगरपालिकाले घर नक्साको अभिलेखीकरण खुलाएको थियो ।
यस वर्ष घर नक्सा पासमा राजस्व सङ्कलनमा कमी आए पनि व्यवसाय, घरबहाल र विज्ञापन कर शीर्षकमा राजस्व वृद्धि भएको उपप्रमुख श्रेष्ठले बताए । उनका अनुसार व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शीर्षकमा गत आवको तुलनामा यस वर्ष रु दुई करोड ५२ लाख ८९ हजार आठ सय ८८ भन्दाबढी राजस्व सङ्कलन भएको छ ।
नगरपालिकाले चालु आवको पहिलो छ महिनामा सबैभन्दा धेरै असोजमा रु तीन करोड ६० लाख ५६ हजार ३७, साउनमा रु तीन करोड २७ लाख ८५ हजार चार सय ५२ र भदौमा रु दुई करोड ४३ लाख ५३ हजार चार सय ७३ आन्तरिक आम्दानी गरेको थियो ।
यसैगरी कात्तिकमा रु एक करोड ९८ लाख १२ हजार तीन सय ६६, मङ्सिरमा रु दुई करोड आठ लाख १६ हजार एक सय ७४ र पुसमा सबैभन्दा कम रु ९४ लाख १७ हजार नौ सय ८१ राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया