सोमबार, जेठ ५, २०८२

धरौटीमा छुटे डा. निकोलस भुसाल

मेरोन्यूज २०८१ माघ ४ गते १७:४२

पोखरा । पक्राउ परेका डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् ।

गत २९ मंसिरमा रवि लामिछानेको कास्की प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेपछि उनलाई विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।

तत्कालीन समयमा उनलाई हिरासतमा राख्न अदालतले इन्कारी आदेश दिएको थियो । त्यसपछि हाजिर जमानीमा छुटेका उनी विरुद्द विहिबार कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलेको थियो ।

बहसपछि अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासलेले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया