यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

काठमाडौं। विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।
क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै अन्य चीजबाट पनि धेरै पैसा कमाउँछन्। क्रिकेट म्याच खेल्नु बाहेक क्रिकेट खेलाडीहरू बिज्ञापन, ब्रान्ड एम्बेस्डर, व्यापार र उद्यमहरूसँग सम्बन्धित छन्, जसले यी खेलाडीहरूको आर्थिक आम्दानी बढाउँछ।
विश्वका सबैभन्दा धनी खेलाडी सचिन तेन्दुलकर हुन्, जसलाई क्रिकेटका भगवान भनिन्छ । टाइम्स अफ इन्डियाका अनुसार अनुसार सचिन तेन्दुलकरको कुल सम्पत्ति १७० मिलियन डलर छ।
यो सूचीमा दोस्रो नम्बरमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । सन २०२४ को रिपोर्ट अनुसार धोनीको कुल सम्पत्ति १११ मिलियन डलर छ। हालको समयमा यो मूल्यमा भिन्नता देख्न सकिन्छ।
विराट कोहली यस युगका सबैभन्दा धनी खेलाडी मध्ये एक हुन् । टाइम्स अफ इन्डियाका अनुसार विराटको कुल सम्पत्ति ९२ मिलियन डलर छ । विराटको वन ८ नामका धेरै होटल चेन पनि रहेका छन् ।
चौथौं सूचीमा अस्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङ पनि परेका छन् । पोन्टिङको कुल सम्पत्ति करिब ७० मिलियन डलर रहेको छ।
पाँचौमा भने विश्वका उत्कृष्ट खेलाडीमध्ये एक ब्रायन लारा परेका छन । वेस्ट इन्डिजका पूर्व खेलाडीको कुल सम्पत्ति करिब ६० मिलियन डलर मानिएको छ ।











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया