सोमबार, जेठ ५, २०८२

जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश

मेरोन्यूज २०८१ माघ ४ गते २०:०४

काठमाडौँ । सहकारी ठगीका आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ।

सरकारले जिल्ला अदालत कास्कीमा दायर गरेको निवेदनमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रोक्का गर्न आदेश दिएको हो।

अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन।

प्रतिक्रिया