पाँचखालमा ७ सय जनाको निःशुल्क आँखा परीक्षण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविरअन्तर्गत सातसय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
नगरले बिहीबारदेखि स्थानीय आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्त रुपमा नगरको ११ वटा वडामा चार दिनसम्म मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो ।
शिविरबाट सातसयभन्दा बढीको आँखा परीक्षण गर्दा एक सय ५० जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको संस्थाले जनाएको छ । शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा आँखाका बिरामीको शल्यक्रिया सुरु गरिएको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताए ।
“आजदेखि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेका छौँ”, उनले भने । शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि सामग्री एवं औषधिको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।
शिविरका लागि मातृका आइ सेन्टरले प्राविधिक सहयोग गरेको थियो । चार दिने शिविरअन्तर्गत पाँचखालको विभिन्न ११ स्थानमा शिविर सञ्चालन गर्दा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको हो ।
संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताए ।
साथै पनौती नगरको वडा नं ७ स्थित स्वास्थ्य चौकीमा आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन सुरु गरिएको छ । नगरले बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल र लायन्स क्लब अफ पनौतीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार क्लिनिक सञ्चालन सुरु गरिएको हो । रेयुकाई आँखा अस्पतालका दृष्टि विशेषज्ञसहितको टोलीले सेवा दिने जनाइएको छ ।















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया