श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ जनाभन्दा बढी घाइते

काठमाडौँ । श्रीलङ्काको दक्षिणी प्रान्तमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाभन्दा बढी लाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छ जना गम्भीर घाइते भएका छन् र उनीहरुको मातरा जिल्लाको एक सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा पानी परिरहेको थियो ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि दुर्घटना हुनुको खास कारण खुल्ने प्रहरीले बताएको छ ।
श्रीलङ्कामा सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएका छन् ।
श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया