संचारकर्मी बस्नेतलाई अमेरिकाबाट कम्यूनिटी मिडिया अवार्ड

न्यूयोर्क । अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्यूनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ।
अमेरिकाको न्यूयोर्कबाट संचालित भईरहेको त्रिवेणी टाइम्सले आफ्नो प्रथम बार्षिकोत्सवका अवसरमा बस्नेत सहित ७ जना संचारकर्मीहरुलाई फस्ट कम्यूनिटी मिडिया अवार्ड २०२५ प्रदान गरेको हो । न्यूयोर्कमा आयोजित एक बिशेष समारोह मिडियालाई समूदायमा जोडन अतुलनीय भूमिका खेले वापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ । अवार्ड संगै न्यूयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ ।
कम्यूनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेशन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका रहेका छन् ।
‘नेपाली मिडिया उद्योगको नेतृत्व गरिरहेका बस्नेत मिडिया र समूदायलाई कसरी जोड्ने भन्ने एक उहाहरण हुन्’ अवार्ड बितरण समारोहमा उद्घोष गदै त्रिवेणी टाइम्सका संचालक नवराज केसीले भने ‘ नेपालको बिश्वासीलो मिडिया हाउस अन्नपूर्ण मिडिया नेटवर्कका माध्यमबाट उनले मिडिया र समूदायलाई जोड्ने अदभूत काम गरिरहेका छन । त्यही क्रममा अन्नपूर्ण मिडिया नेटवर्कलाई अन्तराष्ट्रिय मिडिया हाउस बनाउदै अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका अमेरिकन समूदायहरुलाई जोड्न गरिरहेका छन । जुन आफैमा सराहनी छ ।’ मिडिया र समूदायलाई जोड्न बस्नेतले गरेको कामको मूल्यांकन गदै कम्यूनिटी मिडिया अवार्ड २०२५’ का लागि छनोट गरि अवार्ड प्रदान गरेको उनले बताए ।










निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
Govt ensures safety to private sector: Finance Minister
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
प्रतिक्रिया