६ अंकले बढेको सेयर बजारमा कारोबार कति ?
मेरोन्यूज
२०८१ माघ ७ गते १५:४८

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार बढेको छ ।
आज नेप्से परिसूचक ६ दशलमव ७८ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको हो ।
सोमबार ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ ।आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया