बुधबार, वैशाख ९, २०८३

अछाममा झन्डै ११ सय एमालेका नेता कार्यकर्ता भीम रावलको पक्षमा (सूचीसहित)

मेरोन्यूज २०८१ माघ ८ गते १२:५२

काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यकर्तासहित १ हजार ८६ जना भीम रावलको मातृभूमि जागरण अभियान, नेपालमा लागेमा छन् ।

Advertisement
NiccNicc

एमाले परित्याग गरी प्रदेश कमिटी तथा विभागीय सदस्य ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १, जिल्ला कमिटी सदस्य १७, पूर्वजिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहाकार सदस्य १३, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२, अनेम सङ्घ कार्यवाहक अध्यक्ष १, जनवर्गीय सङ्गठनका प्रमुख तथा पदाधिकारी ८, वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी २२ र सङ्गठित सदस्य ६३७ जना सो अभियानमा लागेका हुन् । अन्य पार्टीका ५ जना पनि रावलको अभियानमा लागेका छन् ।

नेकपा एमालेले गत पुस १० गते पार्टीको सदस्यता समेत नरहनेगरी रावललाई निष्कासनको घोषणा गरेको थियो ।

प्रतिक्रिया