सेयर बजारमा सामान्य वृद्धि
मेरोन्यूज
२०८१ माघ ८ गते १६:०४

काठमाडौं । मंगलबार सेयर बजार सामान्य बढेको छ ।
आज सेयर बजार नेप्से परिसूचक ५ दशलमव ०८ अंकले बढेर २,६१३ को विन्दुमा कायम भएको हाे।
मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको घटेको छ । आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ करोड माथिको किनबेच भएको छ ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
प्रतिक्रिया