प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट
मेरोन्यूज
२०८१ माघ ८ गते १७:३७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ ।
भेटमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो ।
सम्बन्धित
प्रतिक्रिया