अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिलाई रास्वपाको शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ।
रास्वपाले मंगलबार नेपाल (काठमाडौं) स्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकामा बधाईसहित सफल कार्यकालका लागि ट्रमलाई शुभकामना व्यक्त गरेको हो।
रास्वपाले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध ट्रमको दोस्रो कार्यकालमा थप प्रगाढ र विस्तार हुँदै जाने तथा अमेरिकी सहयोगले फराकिलो निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेको छ।
पार्टीले आज इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनर्बहालीले अमेरिकी इतिहासमा उनको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख छ।
सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरु हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख छ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया