अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिलाई रास्वपाको शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ।
रास्वपाले मंगलबार नेपाल (काठमाडौं) स्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकामा बधाईसहित सफल कार्यकालका लागि ट्रमलाई शुभकामना व्यक्त गरेको हो।
रास्वपाले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध ट्रमको दोस्रो कार्यकालमा थप प्रगाढ र विस्तार हुँदै जाने तथा अमेरिकी सहयोगले फराकिलो निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेको छ।
पार्टीले आज इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनर्बहालीले अमेरिकी इतिहासमा उनको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख छ।
सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरु हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख छ।
















राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया