सिमकोटमा खानेपानीको समस्या

सिमकोट (हुम्ला)। हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टाैँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए ।
कामीले भने, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छाडेको छ, पानी आएका एक दुई छिटफुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ, बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै पुग्दैन, खाना पकाउनलगायतका लागिसमेत पानीको समस्या छ, व्यक्तिगत सरसफाइमा पनि समस्या छ ।”
एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ । एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ ।
हिउँदको समयमा पानीमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारवासीले खानेपानीको समस्या झेल्दै आउनुपरेको छ । खानेपानीका धारामा बरफ जमेर पानीसमेत आउन नसकेको हो ।













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया