सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात

सङ्खुवासभा । चालु आर्थिक वर्षमा सङ्खुवासभाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ।
चालु आर्थिक वर्षमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा एक अर्ब २४ करोड रुपैया भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए।
जिल्लामा गत वर्ष सात सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा एक अर्ब २० करोड रुपैयाँ भित्रिएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो।
विविध कारणले उत्पादन घटे पनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो। भारत र भुटानमासमेत उत्पादन कम हुँदा निर्यात बढी भएको जनाइएको छ। एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा सुधार आएको हो ।
अलैँचीको मूल्य प्रतिमन (४० किलो) एक लाख १५ हजार रुपैयाँमा बिक्री भइरहेको छ। जिल्लामा एक हजार सात सय ३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ। अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो।
अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोट डढ्ने गरेको किसानको गुनासो छ। अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ।
पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ। नेपालमा उत्पादित अलैँचीको बजार भारत हो। अलैँची उत्पादन हुने क्षेत्र सङ्खुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ।
यो परियोजना सङ्खुवासभाका १० स्थानीय तह र भोजपुरका ६ स्थानीय तहमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ। कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले छ वर्षदेखि परियोजना सञ्चालनमा ल्याइएको हो।










सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया