भन्सार विभागका अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले ७३औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई बुधबार सम्मान गरेको छ ।
भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो ।
काठमाडाैंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रमाणपत्र एवं अर्थसचिव राम प्रसाद घिमिरेले दोसल्लासहित शाखा अधिकृत भट्टराईलाई सम्मान गरे । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताए । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरीपैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । विश्व भन्सार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिअनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । सबै प्रकारका हार्मोनिक कोडहरूमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताए ।
हार्मोनिक कोडको अस्पष्टताले गर्दा कुनै पनि प्रकारको भूत प्रभावित करको दायित्व सिर्जना हुन नहुने अध्यक्ष अग्रवालले बताए । भन्सार कार्यालयहरूमा प्रज्ञापन पत्र दर्तादेखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रियाहरू छिटोछरितो र भन्झटरहित बनाइनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । विश्व व्यापार संगठन, बिमस्टेक र साफ्टा आदिमा गरिएका प्रतिबद्धता अनुसार विद्यमान भन्सारका दरहरूलाई घटाइनुपर्ने उनको भनाइ छ ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । सीमाबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले भन्सार मूल्यांकन वास्तविकभन्दा बढी हुँदा समस्या भएको बताए । भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरेर कारोबार मूल्यलाई मान्यता दिने हो भने राजस्व संकलन वृद्धि गर्न सकिने वरिष्ठ उपाध्यक्ष मल्होत्राले बताए ।
अर्थसचिव घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने भएकाले नीतिगत अप्ठ्याराहरू सहज बनाउँदै लगिने बताए । सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्नका लागि विभिन्न अध्यादेश ल्याएकाले निजी क्षेत्रको मनोबल उकाशिनुपर्ने घिमिरेले बताए ।















माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया