इन्डोनेसियामा बाढीपहिरोका कारण २१ जनाको मृत्यु

काठमाडौँ । इन्डोनेसियाको मुख्य टापु जाभामा गत सोमबार आएको बाढी पहिरोका कारण २१ जनाको मृत्यु भएको छ ।
सोमबारको भारी वर्षापछि सेन्ट्रल जाभा प्रान्तको पेकालोंगान क्षेत्रमा रहेका नौ गाउँहरूमा बाढी पसेको थियो । त्यस्तै पहाडको तल रहेका गाउँहरूमा पहिरो खसेको थियो ।
इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सार्वजनिक गरेको तस्बिर र भिडियोहरूमा त्यस क्षेत्रका घरहरू पुरिएको दृश्य देखिएका छन् ।
इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीका कारण पहिरो गएर पेटुंगक्रियोनो रिसोर्ट क्षेत्रको दुई वटा घर र एउटा क्याफे पुरिएको थियो । बाढी पहिरोले २५ वटा घर, एउटा बाँध र गाउँहरू जोड्ने तीन वटा पुलहरू नष्ट भएको थियो ।
दुर्घटनाका कारण कम्तीमा १३ जना घाइते भएका छन् भने झन्डै ३ सय जना मानिसहरू अस्थायी सरकारी आश्रयस्थलमा बसेका छन् । बेपत्ता भएका थप पाँच जनाको खोजी कार्य जारी छ ।
मंगलबार दिउँसो भारी वर्षा र बाक्लो कुहिरोका कारण उद्धार कार्य रोकिएको थियो । खराब मौसम, पहिरो, र दुर्गम भू-भाग भएका कारण खोज तथा उद्धार कार्य कठिन भएको थियो । नदी किनारका प्रभावित क्षेत्रमा उद्धार गर्न उद्धारकर्मीहरूका लागि पनि जोखिमपूर्ण भएकाले स्थगित भएको खोजी कार्य बुधबार पुनः थालिएको थियो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया