भारतको नयाँ दिल्लीमा ११औँ अटो ट्रेड डायलग सम्पन्न

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ११औँ अटो ट्रेड डायलग सम्पन्न भएको छ । सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफ्याचर्स (यसआईएयम)का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ट्रेड डायलग सम्पन्न भएको हो ।
सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनेलिष्टका रूपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफ्नो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिए ।
सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भइरहेको प्रयासबारे पनि बताउँदै नेपाल, सवारी साधनहरूको आयातकर्ताबाट एसेम्बली प्लाण्टमार्फत उद्योगतर्फ अग्रसर हुँदै गएको जानकारी दिए ।
पेनेलिष्टको रूपमा बोल्दै अध्यक्ष चौधरीले नेपालमा आइसी गाडीहरूको आयात घट्दै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जीलाई उच्च प्राथमिकतामा राखेको फलस्वरूप नेपालमा विद्युतीय सवारी साधनहरूको आयात हरेक बर्ष बढ्दै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरू पनि क्रमशः थपिदै गएको बताए ।
सोही क्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतीय सवारी साधनहरूको हव बन्दै गएको समेत बताए ।
उक्त ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एच.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले समेत सम्बोधन गरेका थिए ।
उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सझौतामामा एकीकृत लगानी, दोश्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षकअन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधि लगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरूले पेनेलिष्टका रुपमा आ–आफनो धारणा राखेका थिए ।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटीअन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उप्रेती केन्द्रीय कार्य समितिको सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधानसमेतको उपस्थिति रहेको थियो ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया