संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो : महामन्त्री शर्मा
मेरोन्यूज
२०८१ माघ १० गते २०:२१

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताएका छन् ।
बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताएका हुन् ।
उनले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताए ।
उनले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न उनले सुझाव दिए ।
उनले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राखे । उनले मुस्कान सहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताए ।
संसदीय समितिहरु कोरम पुर्याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उनको भनाइ छ ।
सम्बन्धित
















US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद हुँदा २२ जना कैदीबन्दी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया