तत्काल मधेसवादी दलहरु एक हुने सम्भावना छैन : महिलामन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेसवादी दलहरु एक हुने सम्भावना नरहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा गजेन्द्र नारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निजी स्वार्थका कारण मधेसवादी दलहरु फुटेको बताए ।
उनले स्वार्थमा काम गर्नेहरुलाई पदच्युत भएसँगै कसैले नचिन्ने उनको भनाइ छ । धर्तीमा रहँदा केही नाम चिन्नेगरी काम गर्नुपर्ने बताए ।
उनले भने, ”निजी स्वार्थका लागि मधेसवादी दलहरु छिन्नभिन्न भएका छन् । सबै स्वार्थमा लाग्नुभएको छ । मैले जहिले पनि भनेको छु, केही काम गर, धर्तीमा रहँदा । स्वार्थमा लागेका नेतालाई पद सकिएपछि कसैले पनि नाम लिँदैन । मधेसवादी सबै नेताहरु एक हुनु राम्रो कुरा हो । तर एक हुने सम्भावना देखेको छैन ।”
मन्त्री सुडीले मधेसवादी राजनीतिक दलहरु एक हुनु राम्रो भएको बताए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया