महिला यू-१९ टी-२० क्रिकेट नेपालले आज मलेसियासँग भिड्दै
मेरोन्यूज
२०८१ माघ ११ गते ८:३७

काठमाडौँ । महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।
मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलो पटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।
विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन्।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया