९ वर्षीया बालिकाको पेटभित्र एक किलो कपाल, कारण सुनेपछि सबै चकित

काठमाडौं । भारत बिहारमा एक अचम्मको घटना घटेको छ ।
बिहारको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो गुच्छा निकालेका हुन् । करिब दुई घण्टाको शल्यक्रियापछि बाहिर आएको यस कपालको तौल एक किलो रहेको छ ।
मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा भएको यो शल्यक्रिया अहिले चर्चाको विषय बनेको छ ।
घटना बाहिरिएसँगै बच्चाको पेटमा यति धेरै कपाल कसरी पुग्यो ? भन्ने आम मानिसमा प्रश्न छ ।
वास्तवमा जनवरी १८ मा एक दम्पतीले आफ्नो ९ वर्षीया छोरी (प्रिती)को पेट दुखेको गुनासो गर्दै मुजफ्फरपुर मेडिकल कलेजमा ल्याए। पछि थाहा भयो कि ती बालिकालाई तीन वर्षको उमेरदेखि नै कपाल तान्ने र खाने बानी थियो ।
बालिकाका बुबाले भने, ‘उ आफ्नै टाउकोको कपाल निकालेर खान्थि। नगर भन्दा पनि उ मान्दैनथि। दिक्क भएर हामीले उसको कपाल खौरने गर्थ्यौं। तर पन्ध्र दिन पहिलेबाट उसको पेट दुख्यो।’
पिताका अनुसार पेट दुखेको गुनासो गरेपछि बालिकाले खानपान पनि छाडेकी थिइन् । ‘केही खान खोज्दा पनि बान्ता हुन्थ्यो। हामीले उसलाई निजी डाक्टरकहाँ लगेर जाँच गऱ्यौं र पेटमा गाँठो जस्तो कुरा भएको पत्ता लाग्यो,’ उनले भने।
डाक्टरको सल्लाहमा परिवारले बालिकालाई सरकारी अस्पताल लगे।
प्रीतिलाई मुजफ्फरपुर मेडिकल कलेजमा भर्ना गर्दा उनको हेमोग्लोबिन मात्र ५.२ थियो। शल्यचिकित्सक आशुतोष कुमारले माघ २१ गते अन्य दुई डाक्टरसँग मिलेर बालिकाको शल्यक्रिया गरेका थिए ।
शल्यचिकित्सक आशुतोष कुमारले भने, ‘जब प्रीति मकहाँ आइन्, उनको हेमोग्लोबिन एकदमै कम थियो। माथिबाट हेरेपछि मात्र उनको पेटमा गाँठो महसुस हुन्थ्यो। हामीले पहिले रगत चढाएर उनको अवस्था सामान्य बनायौं र त्यसपछि शल्यक्रिया गर्यौं। कपालको गुच्छा झण्डै १ किलो थियो, जसलाई पेट काटेर निकाल्नुर्यो।’
पेट पूरै कपालले भरिएको थियो। जसका कारण विगत १५ दिनदेखि प्रीतिले ठोस खाना खान पाएकी थिइनन् र तरल खानेकुरामा मात्रै गुजारा चलाइरहेकी थिइन् ।
यस्तो अवस्थामा यो प्रश्न उठ्नु स्वभाविक हो कि यो कुन रोग हो जसमा मानिसले कपाल खान्छ ?
डाक्टर आशुतोषले भने, ‘प्रीतिलाई ट्राइकोटिलोमेनिया नामक मानसिक रोग लागेको छ । यो रोगमा पेटमा कपाल जमेर गुच्छाको आकार लिन्छ। जसलाई शल्यक्रिया गरेर हटाइन्छ।’
-बीबीसीबाट
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया