किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरिएको हो ।
परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्रयाक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए । कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो । छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको प्रमुख शाहीको भनाइ छ ।
जिल्लाका आठवटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर (हाते ट्रयाक्टर) वितरण गरिएको हो । प्रतिमिनिटिलर (हाते ट्रयाक्टर) ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो । किसानले अनुदानमा मिनिटिलर लिने र प्रयोग नगर्ने समस्या रहेकाले अनुमगन गरिने परियोजना कार्यान्वयन एकाइ जुम्लाका सूचना अधिकारी पदम कार्कीले बताए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया