सारा अली खानसँग सम्बन्धमा छन् अर्जुन बाजवा ?

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानका प्रेमी भनिएका अर्जुन बाजवाले पहिलो पटक अभिनेत्रीसँगको आफ्नो सम्बन्धलाई लिएर मौनता तोडेका छन् ।
हालै एक अन्तर्वार्तामा अर्जुनले आफुहरुकाबारेमा जे लेखेपनि फरक नपर्ने बताए । ‘मानिसहरूले जे लेख्न चाहन्छन्, लेख्छन् । यो उनीहरूको काम हो। उनीहरुले आफ्नो काम गरिरहेका छन् । म आफूले के गर्नुपर्छ भन्ने कुरामा मात्र ध्यान दिन्छु। साँच्चै उनीहरुले लेखेर मलाई मलाइ फरक पर्दैन,’ उनले भने ।
साराले अर्जुनसँगको आफ्नो सम्बन्धको बारे अहिलेसम्म केहि बोलेकी छैनन् । न त उनले अफवाह पुष्टि गरिन् न त खण्डन।
सारा र अर्जुनसँगै केदारनाथ दर्शनमा गएपछि उनीहरुको डेटिङको खबर बाहिर आएको थियो।
अर्जुन प्रताप बाजवा राजनीतिज्ञ फतेहजंग सिंह बाजवाका छोरा हुन्, जो हाल पञ्जाबमा भारतीय जनता पार्टीका उपाध्यक्ष छन्। अभिनेता, मोडल र गायक हुनुका साथै उनी राजनीतिज्ञ पनि हुन् । उनले फिल्म उद्योगका धेरै ठूला फेसन डिजाइनरको शोमा र्याम्प वाक गरेकी छिन् ।
यसबाहेक उनले अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिङ’मा सहायकको रुपमा काम गरिसकेका छन् । भर्खरै उनको पहिलो फिल्म ब्यान्ड अफ महाराजा ओस्कारका लागि मनोनयनमा परेको छ ।
















देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया