अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता

क्यानबेरा। अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका छन् ।
नेसनल प्रेस क्लबमा सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा चुनावी नीतिको घोषणा गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीसले शुक्रबार प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका हुन् । यसले अस्ट्रेलियामा ’ट्राडिज’ भनेर चिनिने अर्को पुस्ताका दक्ष कामदारलाई सहयोग गर्ने र निर्माण कार्यबललाई प्रोत्साहन गर्ने बताएका थिए ।
प्रोत्साहनका लागि ६२ करोड ६० लाख ९० हजार अष्ट्रेलियन डलर (करिब ३९ करोड ९० लाख ४० हजार अमेरिकी डलर) छुट्टाइएको छ । यस नीति अन्तर्गत आवासीय निर्माणमा काम गर्ने दक्ष श्रमिकहरूले उनीहरूको प्रशिक्षणको क्रममा पाँच किस्तामा १० हजार अष्ट्रेलियन डलर ( छ हजार ३०८ अमेरिकी डलर) प्राप्त गर्नेछन् ।
अल्बानीसले भने, “हामी नयाँ पुस्ताका दक्ष कामदार (ट्राडीज) हरू पहिचान गर्नेछौँ, हामीलाई आवश्यक नयाँ घरहरू निर्माण गर्न हामीले भरोसा गरिरहेका व्यक्तिहरू आर्थिक दबाबमा छन्।”
उनले भने, “धेरैले आर्थिक अभावका कारण प्रशिक्षण छोड्छन् हाम्रो सरकार धेरै भन्दा धेरै अष्ट्रेलियालीहरूलाई उपकरणहरू प्राप्त गर्न र निर्माणमा रहन प्रोत्साहित गर्न चाहन्छ।”
अल्बानीसको लेबर पाटीको नेतृत्वमा रहेको सरकारले सन् २०२३ मा अस्ट्रेलियामा सन् २०२९ सम्मको पाँच वर्षको अवधिमा १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको थियो ।
उद्योग सङ्गठन मास्टर बिल्डर्स एशोसिएशनले बुधबार दिएको जानकारीअनुसार सन् २०२४ को सेप्टेम्बरसम्मको १२ महिनाको अवधिमा एक लाख ६५ हजार नयाँ घरको निर्माण सुरु भएको छ ।
एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत डेनिटा वावनका अनुसार हालको गतिमा पाँच वर्षको अवधिमा आठ लाख २५ हजार नयाँ घर निर्माण हुनेछन् ।
अल्बानीजको सरकारद्वारा स्थापित उद्योग नेताहरूको एक सल्लाहकार समूहका अनुसार १२ लाख नयाँ घर निर्माणको लक्ष्य पूरा गर्न थप ९० हजार आवास निर्माण श्रमिकहरूको आवश्यकता पर्दछ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया