नेपाल प्रहरीका १७ जना एसपी सरुवा: पर्सामा मिश्र

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । सरुवा सूचि अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी गौतम मिश्रकाे सरुवा भएकाे छ । मिश्र ३ महिनाअघिमात्रै चितवन गएकामा त्यहाँबाट पर्सा सरुवा गरिएको हाे ।
उनकाे ठाउँमा राजन लिम्बुलाई चितवन सरुवा गरिएको छ । सन्तोष तामाङलाई बारा र रामेश्वर कार्कीलाई सिन्धुपाल्चोक, दुर्गाराज रेग्मीलाई नुवाकोटमा सरुवा गरिएको छ । सुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाईमा सरुवा भएका छन् । सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।



















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया