नेपाल प्रहरीका १७ जना एसपी सरुवा: पर्सामा मिश्र

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । सरुवा सूचि अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी गौतम मिश्रकाे सरुवा भएकाे छ । मिश्र ३ महिनाअघिमात्रै चितवन गएकामा त्यहाँबाट पर्सा सरुवा गरिएको हाे ।
उनकाे ठाउँमा राजन लिम्बुलाई चितवन सरुवा गरिएको छ । सन्तोष तामाङलाई बारा र रामेश्वर कार्कीलाई सिन्धुपाल्चोक, दुर्गाराज रेग्मीलाई नुवाकोटमा सरुवा गरिएको छ । सुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाईमा सरुवा भएका छन् । सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।













आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया