सोमबार, चैत २, २०८२

जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चार मन्त्री गुरुङ

मेरोन्यूज २०८१ माघ १२ गते १४:१२

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको  बताएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसी स्थित भगवान आधारभूत विद्यालयको आज (शनिबार) यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए ।

देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्ष सम्म वर्तमान सरकार नै कायम रहने उनले बताए  उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।” 

सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको बताए । 

अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउने लगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐन कानून अध्यादेश मार्फत जारी गरिएको उनले स्पष्ट पारे। संसद्मा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन  ससंद्बाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अगाल्नुको विकल्प नरहेको उनको कथन थियो । 

सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गुरुङले फरक प्रसङ्गमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमत्री के.पी. शर्मा ओलीले नचाहे सम्म वर्तमान सरकार तल माथि नहुने बताए । 

प्रतिक्रिया