एपीएफले जित्यो प्रधानमन्त्री टि-२० कप
मेरोन्यूज
२०८१ माघ १२ गते १५:१६

काठमाडौं। नेपाल एपिएफ क्लब प्रधामन्त्री कप राष्ट्रिय महिला ट्वान्टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्दै विभागीय टोली एपीएफ च्याम्पियन बनेको हो ।
शनिबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित ४३ र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाएकी थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्न सफल भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा भएको प्रतियोगितामा ९ टोलीको सहभागिता थियो ।
सम्बन्धित









यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया